१. त्यस बेला समस्त लोकमा एउटै भाषा र एकै खाले बोली थियो ।
२. मानिसहरू पूर्वतिर सर्दै जाँदा शिनार देशमा एक समथल भूमि फेला पारेपछि त्यहीँ बसोबासको थालनी गरे ।
३. तिनीहरूले आपसमा कुरा गरे, “आओ, मुछेको गिलो माटोलाई अवालमा पोली इँट तयार गरौँ ।” तिनीहरूले ढुङ्गाको सट्टा इँटा र माटोको सट्टा अलकत्राको प्रयोग गरे ।
४. तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर र स्वर्गसम्म पुग्ने धरहराको निर्माण गरौँ । सो धरहराले हामीलाई सङ्गठित राख्नेछ । नत्र हामी विश्वभर छरपस्ट हुनेछौँ ।”
५. मनुष्य जातले बनाउँदै गरेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो ।
६. अनि परमप्रभुले भन्नुभयो, “सबैजना एक भएका छन्, एउटै भाषा बोल्दैछन् । अब यस्तै हुँदै गयो भने यिनीहरूले जे गर्न चाहन्छन्, त्यही गर्न सक्ने हुन्छन् । यिनीहरूका लागि केही पनि असम्भव हुनेछैन ।”
७. “हामी तिनीहरूमाझ गई तिनीहरूको भाषालाई खलबल गरिदिऔँ जसकारण तिनीहरूले एक-अर्काले भनेको बुझ्न नसकून् ।”
८. अन्ततः परमप्रभुले सम्पूर्ण मनुष्य जातलाई पृथ्वीको सतहभरि छरपस्ट पारिदिनुभयो र फलस्वरूप धरहराको निर्माणमा रोक लाग्यो ।
९. यसकारण उक्त सहरको नाम बाबेल राखियो, किनभने त्यहीँबाट नै परमप्रभुले मनुष्य जातलाई सारा पृथ्वीभर तितरबितर पारिदिनुभएको थियो ।
Transliteration
Tyasa belā samasta lokamā euṭai bhāṣā ra ekai khāle bolī thiyo.
If you like this site and find it useful, you can support it by making a donation via PayPal or Patreon, or by contributing in other ways. Omniglot is how I make my living.
Note: all links on this site to Amazon.com, Amazon.co.uk and Amazon.fr are affiliate links. This means I earn a commission if you click on any of them and buy something. So by clicking on these links you can help to support this site.